घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु

न्युजलय १५ पुस २०८०, आइतबार ०७:३९ मा प्रकाशित

बर्दिया । बर्दियामा मासु खादा हड्डी अड्केर एक बालिकाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आइतबार बिहान घरमा खाना खादा घाँटीमा मासुको हड्डी अड्किएर बालिकाको मृत्यु भएको हो । 

बर्दियाको बढैया ताल गाउपालिका –८ तिकाना की ७ बर्षिय बालिका करिश्मा परियारको खाना खाने बेला मासुको हड्ही घाँटीमा अड्किएर मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।