झापा । झापाको दमकमा जग्गासम्बन्धी विवाद हुँदा कुटपिट गरी एक युवकको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिट गरी दमक नगरपालिका–९ का ३२ वर्षीय देशु भनिने यामु निरौलाको हत्या गरिएको हो ।
मंगलबार दिउँसो दमक–३ स्थित दमक–मधुमल्ला सडक खण्डको मावा खोलाको पुलमा निरौलाको हत्या भएको प्रहरीले जनाएको छ ।
दुई जनाले उनलाई लात्ती तथा मुड्की प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ । घटनामा संलग्न भएका व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट जग्गासम्बन्धी विवाद हुँदा उनको हत्या भएको खुलेको छ ।