काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण गर्दा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । थप पाँच सय एक जना कोरोना संक्रमित निको भएका छन् ।