जेब्रा झोलामा टाउको र खुट्टा, आज भेटियो शरीरका अन्य अंग

न्युजलय ५ फाल्गुण २०७८, बिहिबार ०८:०७ मा प्रकाशित

धरान ।  धरानका दुई ठाउँमा मानिसको शरीरको अंग भेटिएको छ।

बुधवार जेब्रा झोलामा हालेर फ्याँलिएको अवस्थामा मानिसको खुट्टा र टाउको भेटिएको थियो। आज उक्त स्थानभन्दा केही पर अर्को झोलामा शरीरको भाग भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकरी दिएको छ।

अहिलेसम्म शवको पहिचान हुन सकेको छैन। हत्या गरेर फ्याँलिएको अवस्थामा शव भेटिएको हो। प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। दुई फरक स्थानमा भेटिएको शव एउटै मानिसको हो वा होइन भन्ने समेत खुल्न सकेको छैन। भेटिएका अंगहरुको प्रकृति हेर्दा एउटै मानिसको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

शव सडकभन्दा करिब १० मिटर तल भिरमा भेटिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।