थपिए २१ जना कोरोना संक्रमित

न्युजलय १२ जेठ २०७९, बिहिबार १०:२६ मा प्रकाशित

 काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

बिहीबार १३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १२९ जना सक्रिय संक्रमित रहेका छन्।