काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि बुधबार (आज) गृह जिल्ला झापा आउँने भएका छन ।
दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्ष ओली सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
१२ गते दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरेपछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको बताइएको छ ।