पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

न्युजलय २३ साउन २०७९, सोमबार ०९:३९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस अवधिमा २८६२ जनाको पीसीआर र २४८९ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गर्दा पीसीआरबाट ४९८ र एन्टीजेनबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस अवधिमा ४७० जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् । यस्तै एक जना संक्रमितको मृत्यु भएको छ ।