काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १ सय २६ जनामा सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज आठ हजार ९३३ जनाको स्वाब परीक्षण गर्दा १२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
आज सात हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जनामा र एक हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना देखिएको हो।
त्यस्तै, कोरोनाको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन्।