झापा । झापामा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–७, खालबाडीमा बस्दै आएका २८ वर्षीय प्रेमकुमार राई छन् ।
खालबाडीका ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको प्रेमकुमारमाथि आरोप छ । उनी फुर्बाको घरमा डेरा गरी बस्दै आएका थिए । मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
प्रेमकुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।