माओवादी केन्द्रले सरकार नछाड्ने

न्युजलय १८ असार २०८१, मङ्गलबार ०५:४७ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नछाड्ने विश्वासको मत लिने निर्णय गरेका हुन् । 

मंगलबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सरकार नछाड्ने निर्णय गरेको हो । यदि एमालेले विश्वासको मत फिर्ता लिए त्यसको सामना गर्ने निर्णय पनि माओवादीले गरेको छ ।

एमालेले विश्वासको मत फिर्ता लियो भने विश्वासको मत लिने समय एक महिना बाँकी रहने पनि माओवादीले जनाएको छ ।