नेप्सेमा २७ अंकको गिरावट

न्युजलय २४ असोज २०७९, सोमबार ०९:२७ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । 

सोमबार बजार परिसूचक नेप्से २७.२६ अंकले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ । दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो ।

नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ । 

सोमबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।