काठमाडौं । कोभिड–१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप बिहिबार (आज) नेपाल आइपुगेको छ।
कतार एयरको जहाजमार्फत आज दिउँसो उक्त खोप नेपाल आइपुगेको हो। स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आएको हो।
साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
यससँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ। यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो।