काठमाडौं । क्रिप्टोकरेन्सीमा गरेको सबै लगानी डुब्न सक्ने भन्दै यूरोपियन यूनियनले चेतावनी दिएका छ । उपभोक्ता ठगिदा पनि क्षतिपूर्ति नपाइने भन्दै सचेत गराएको हो ।
ईयूको वित्तीय सेवा कानुन अनुसार क्रिप्टोकरेन्सीमा गरेको लगानीमा ठगिदा वा डुब्दा उपभोक्ताले क्षतिपुर्ति नपाउने व्यवस्था छ । हाल उपभोक्ताहरूले १७ हजार वटा क्रिप्टोकरेन्सीमा लगानी गरिरहेकोमा नियामकले विज्ञप्ति मार्फत चिन्ता व्यक्त गरेको छ ।
बजारमा भएको क्रिप्टोकरेन्सी मध्ये बिट्क्वाइन र इथरको मात्र ६० प्रतिशत हिस्सा छ । छोटो समयमा धेरे कमाई हुने लोभमा विभिन्न व्यक्ति तथा विज्ञापनहरूको पछि लागेर क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । लगानी गर्नुपूर्व सचेत रहन पनि नियामकले उपभोक्ताहरूलाई आग्रह गरेको छ ।