काठमाण्डौ । झापाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
१४ ग्राम प्रतिबन्धित लागूऔषध व्राउनसुगरसहित प्रहरीले झापा विर्तामोड नगरपालिका–७ सुकुम्बासी टोल बस्ने ५४ बर्षीय अमृत खड्कालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई शंका लागी चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध व्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक बाहेक १४ ग्राम उनको साथमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका खड्कालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।