मतपत्रको रङ हरियो बनाउने निर्णयको ओलीद्वारा विरोध

न्युजलय २४ फाल्गुण २०७८, मङ्गलबार ११:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो रंगको राख्न खोजेको भन्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले विरोध जनाएका छन् । 

ओलीले मंगलबार नेपाल महिला संघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगले सच्याउन माग गरेका छन् । 

निर्वाचन आयोगकाअनुसार यसपालि विगतका निर्वाचनहरूमा प्रयोग गरिएका रङले मतपत्र बदर हुने, अस्पष्ट हुने भएकाले झलक्क देखिने गरी हरियो चिन्ह राख्न खोजिएको हो । स्ट्याम प्याड पनि नीलो, चिन्ह पनि निलो, धर्को पनि नीलो हुँदा स्पष्ट बनाउनको लागि हरियो रंग प्रयोग गर्न खोजिएको हो ।

स्वस्तिक चिन्ह निलो नै हुने भएको छ । सेतो कागजको मतपत्रमा निर्वाचन चिन्ह, धर्का, सिरियल नम्बर चाहिँ हरियो हुनेछन्।