इटहरी । निर्माण व्यवसायी संघ इलामको २० औं साधारणसभामा सहभागीहरुलाई बन्धन सिमेन्टले निःशुल्क ५ लाखको दुर्घटना बिमा गरिदिने भएको छ । उक्त विषयमा कम्पनीका तर्फबाट ब्राण्ड म्यानेजर अर्जुन पौडेलले जानकारी दिएका हुन् ।
यसअघि पनि उक्त कम्पनिले श्रम क्षेत्रमा सक्रिय मजदुर तथा कर्मचारीहरुको बिमा गरिदिने गरेको थियो । मजदुरहरुलाई भइपरी आउने दुर्घटना तथा जोखिमबाट हुने क्षती न्युनिकरणका लागि कम्पनिले आफ्नो सामाजिक दायित्व निर्वाह गर्न बिमा गरिदिने गरेको पौडेलले बताए । कार्यक्रममा दुई सय बढी सहभागि छन् ।
शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनिले मजदुरहरुको बिमा गर्ने गरेको छ ।
बन्धन सिमेन्ट विराटनगरमा मुख्य कार्यालय रहेको नेपालकै अत्याधुनिक जर्मन प्रविधिमा आधारित गुणस्तरीय सिमेन्ट हो । पटक पटकको ल्याब परिक्षणपछि मात्र सिमेन्टको अन्तीम प्याकेजिङ गरिन्छ । कम्पनिले यसअघि पनि सुनसरी तथा मोरंगका विभिन्न ठाउँमा भवन निर्माणसम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गरिसकेको छ ।