एक किलो सुनसहित एक युवक पक्राउ

न्युजलय १६ माघ २०७८, आइतबार ०६:३५ मा प्रकाशित

काठमाडौं । अवैध सुन सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३० बाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित सोही महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा रहेका सुनारले लुकाई ल्याएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। 

एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।