प्रदेश १ मा आज थप ६९३ जनामा कोरोना पुष्टि

न्युजलय १५ माघ २०७८, शनिवार १२:२५ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६-६, भोजपुरमा २, ताप्लेजुङ, सङ्खुवासभा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २२ जनामा सङ्क्रमण भएको हो ।

 

प्रदेश १ मा आज ३२९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५१ महिला र १७८ पुरुष रहेका छन् ।


पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।