इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
९७४ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, सङ्खुवासभा र पाँचथरमा ३(३, इलाम र भोजपुरमा २(२, तेहृथुम र खोटाङमा १(१ र प्रदेश १ बाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज ८४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३८२ महिला र ४६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र १ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७१७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।