बैंकहरुले ऋण लगानी बनाए ठप्प

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०५:३५ मा प्रकाशित

काठमाडौं । तरलता अभाव समस्या समाधान नभएपछि बैंकहरुले कर्जा लगानी ठप्प बनाएका छन् । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी एक अर्बले घटेको छ ।

अधिकांश बैंकहरु आफै कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् भने थोरै दिन सक्ने बैंकहरुले समेत कर्जा लगानी रोकेका छन् । बैंकहरुले कर्जाको नयाँ निवेदन नै लिनछाडे पछि कर्जा लगानी घटेको छ ।

नयाँ लगानी रोकिएको र पुरानो थोरै उठेकाले एक सातामा एक अर्ब रुपैयाँले ऋण घटेको बैंकर्स संघले जनाएको छ ।