जनकपुरबाट चोरिएको बस भोलिपल्ट सिरहामा भेटियो

न्युजलय २५ पुस २०८०, बुधबार ०४:०१ मा प्रकाशित

जनकपुरधाम । जनकपुरबाट बंगलबार हराएको बस बुधबार सिरहाको गोलबजारमा भेटिएको छ । 


गोलबजार नगरपालिका ७ मा पार्किङ गरेको अवस्थामा उक्त बस फेला परेको हो ।


ना ४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएकोमा  मंगलबार हराएको बस धनी कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।


बस भेटिए पनि कसरी गोलबजारमा पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।