उदयपुरमा चट्याङ्गसहितको आगोको मुस्लो खस्दा एउटा घरमा आगलागी

न्युजलय १४ बैशाख २०७९, बुधबार ०६:४४ मा प्रकाशित

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ पिपल भञ्जाङमा चट्याङ्गसहितको आगोको मुस्लो झर्दा एउटा घरमा आगलागी भएको छ ।

मंगलबार बेलुकी अकास्मात आकाशबाट आगोसहितको चट्याङ्ग पर्दा स्थानीय टंकबहादुर हमालको घरमा आगलागी भएको  र अर्जुन सुनवारको एक हल गोरु र एउटा गाईको मृत्यु भएको हो। 

आगालागीबाट हमालको घरका सबै समान जल्दा १० लाख २० हजार बराबरको क्षती भएको बताइएको छ । त्यसैगरी सुनवारको ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।