चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

न्युजलय ३१ चैत २०७८, बिहिबार ०३:२१ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।


बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूह तर्फका एसएसपीकलाई सोही समूहतफको डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।


बढुवा हुनेमा राजेन्द्र प्रसाद चौधरी, मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहन आचार्य रहेका छन् ।


बढुवा सिफारिस भएकामध्ये तेस्रो नम्बरका चौधरी प्रहरी महानिरीक्षक शैलेश थापाका व्याची हुन् भने बाँकी तीन जना एआईजीपी विश्वराज पोखरेलको व्याची हुन् ।