काठमाडौं । पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा.डिम्पल कुमारी झाको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो । डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।
उनी दोस्रो संविधानसभामा सदस्य थिइन् ।