विराटनगर । दुर्घटनाका घाइतेको मृत्यु भएपछि विराटनगरको बरगाछीमा रहेको लाइफ गार्ड अस्पताल तनावग्रस्त बनेको छ।
मोटरसाइकल दुर्घटनामा परेर सुनसरीको बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउको मृत्यु भएको हो। बुधबार राति २८ प ३८०७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका उराउलाई उपचारका लागि लाइफ गार्ड ल्याइएको थियो।
उनको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भयो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उराउले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटसाइकल चलाएका कारण दुर्घटना भएको खुलेको छ।
अस्पताल भर्ना गर्ने बित्तिकै उपचारमा चिकित्सकले ध्यान नदिँदा र उपचारमा लापरबाही गरिँदा घटना भएपछि आफन्त, परिवारका सदस्य र स्थानीय आक्रोसित बनेर अस्पतालविरुद्ध आन्दोलन थालेको बताइएको छ ।
‘गम्भीर अवस्थाका घाइतेको उपचारका क्रममा मृत्यु भयो। अस्पताल र चिकित्सकबाट कुनै लापरबाही नभएको अस्पतालका प्रशासनले बताएको छ ।