बिहानै पूर्वी नेपालमा भूकम्प

न्युजलय २३ पुस २०८१, मङ्गलबार १२:४० मा प्रकाशित

इटहरी । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । १०- १५ सेकेन्डसम्म धक्का महसुस गरिएको हो ।

बिहान ६:५२ बजेको समयमा भूकम्प आएको हो । बिहानै मानिसहरु आत्तिएर घरबाट बाहिर निस्केका थिए ।

पूर्वी नेपालका साथै काठमाडौ लगायत देशका विभिन्न ठाउँहरूमा पनि महसुस गरिएको छ । पूर्वी नेपालको संखुवासभा भन्दा केही उत्तरमा रहेको तिब्बती भूभागलाई केन्द्र बनाएर भुइँचालो गएको बताइएको छ ।

अमेरिकाको भूगर्भ सर्वेक्षण युएसजीएस ले ७.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यो भूकम्पले नेपाल, भारत, भुटान, चीनलाई असर गरेको जनाएको छ ।