काठमाडौँ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान सवारी दुर्घटनामा परेका छन्।
काठमाडौंबाट बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा उनी सवार गाडी सोमबार दुर्घटनामा परेको हो।
दुर्घटनामा पूर्वखानेपानीमन्त्रीसमेत रहेका खानसहित उनको सचिवालयका सदस्यहरू दुर्घटनामा घाइते भएका बताइएको छ ।
सवारी दुर्घटनापछि सबैजनलाई उद्धार गरेर अहिले उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।