प्रदेश १ मा आज थप ८९१ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

न्युजलय ६ माघ २०७८, बिहिबार १२:२५ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


१ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा २-२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ७१९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।