इटहरी । इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरुमा आज शोक विदा गरिएको छ ।
उपमहानगरपालालिका परिसरमा विहान शोकसभा गरेर शोक विदा दिइएको हो । चौधरी परिवारले तत्कालित इटहरी गाँउपञ्चायत रहदै करिव तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए ।
सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंशा गरे ।
उनले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिग इटहरी अस्पताल परिसरमा भोलीदेखिनै निर्माण सुरु गर्ने वताए ।
उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानका वारेमा वताउदै जग्गादाताका नाममा स्मृति भवन,सभाहल वनाउने नीतिगत निर्णयनै भएको जानकारी गराइन । वडानम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले स्व चौधरी दानवीर हुनुका साथै सामाजिक,राजनीतिक ब्यक्तित्व समेत रहेको प्रष्ट पारे ।
स्व. चौधरीको परिवारका तर्फवाट सोनेलाल चौधरी र नगेन्द्र चौधरीले उपमहानगरले शोकसभा गरेर शोकविदा समेत दिएकोमा धन्यवाद ज्ञापन गरे ।
इटहरी उपमहानगरपालिका, इटहरी अस्पताल, राधाकृष्ण मन्दिर, वुध आइत हटिया लगायतका लागि जग्गा प्रदान गर्ने चौधरी परिवारका हेम नारायण चौधरीको मंगलबार उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।