विराटनगर । सरकारको नीति परिवर्तनले आफूहरू समस्यामा परेको पूर्वका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरू सहभागि कार्यक्रममा उद्योगी व्यवसायीले राष्ट्र बैंकले ब्याजदर सम्बन्धी नीतिलाई राम्रोसँग परिमार्जित गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बैंकको ब्याजले धेरै उद्योगीहरु मार्कामा परेको बताए । उनले डिपोजिटमा बढीमा ६ र ऋणमा बढीमा ९ प्रतिशत ब्याजको सिलिङ हुनुपर्ने बताए । यस्तै बैंकहरूको संख्या घटाउन बैंक मर्जरलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे ।
यस्तै उद्योगी–व्यापारीले भ्याट बिल काटेर उधारो विक्री गरेको मालवस्तुको भुक्तानीको सुरक्षाको लागि सरकारले नीति बनाउनुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले नेपालको औद्योगिक नीतिमा परिमार्जन गर्नुपर्ने विचार व्यक्त गरे ।