विमानमा सवार २१ जनाको शव फेला, १ जनाको अवस्था अज्ञात
न्युजलय १६ जेठ २०७९, सोमबार १०:३५ मा
प्रकाशित
काठमाडौ । मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानमा सवार २२ मध्ये २१ जनाको शव भेटिएको छ । तीमध्ये १० वटा शवलाई पहिलो चरणमा काठमाडौ लगिएको छ ।
विमानमा सवार १ जनाको अवस्था अज्ञात छ । सुरक्षाकर्मीहरुले खोजी गरिरहेका छन् ।