जनकपुरको लगातार चौथो जित, लुम्बिनी पराजित

न्युजलय २३ मङ्सिर २०८१, आइतबार ०६:३३ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको छ। 

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्रै बनायो। लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट र सुदुरपश्चिमसँग ४५ रनले पराजित भएको हो। त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाएका हुन्। 

उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरेका हुन्। आसिफ शेखले १६ रन बनाए। उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे। लाहिरु मिलान्थाले २३बलमा २ चौका सहित २४ रन बनाए। सुभ कन्साकर २४ बलमा २ चौका सहित अविजित रहे। 

आजको दोस्रो खेलमा चितवन र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।