भ्यालेन्टाइन डेमा बिगबारमा निशान भट्टराई आउने

न्युजलय २८ माघ २०७८, शुक्रबार ०६:२४ मा प्रकाशित

इटहरी । इटहरीस्थित बिगबार रेष्टुरेन्टले भ्यालेन्टाइन डेको अवसरमा साँगीतिक कार्यक्रम गर्ने भएको छ । 

युवा गायक निसान भट्टराईले कार्यक्रममा साँगीतिक प्रस्तुती दिने रेष्टुरेन्ट सञ्चालक किरण बुढाथोकीले जानकारी दिए । उनका अनुसार रेष्टुरेन्टमा लामो समयपछि साँगीतिक कार्यक्रम हुन लागेको हो । 

‘हामीले यसअघि पनि विभिन्न अवसरहरुमा र शुक्रबार यस्तै कार्यक्रम गर्दै आएका थियौं,’ उनले भने, ‘कोभिडको कारण रोकिएको कार्यक्रम अब सुरु हुन लागेको हो ।’

उनका अनुसार कार्यक्रममा सहभागि हुन ३०० रुपैयाको टिकट लिनुपर्नेछ । टिकटसँगै सहभागिलाई एउटा रेडबुल दिइने उनले बताए ।