विराटनगर । नक्कली नोटसहित तीन जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१३ बाट नक्कली भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत पूर्णिया ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीका ३५ वर्षीय चन्दनकुमार ठाकुर र २२ वर्षीय मोहमद महसुन रहेका प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट भारतीय एक सय रूपैयाँ दरका ४८ वटा नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल घुम्न आएका उनीहरुविरुद्ध मुद्दा चलाउनका लागि इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।