अबदेखि प्रहरीमा ८ वर्षपछि प्रमोशन हुने

न्युजलय ४ माघ २०७८, मङ्गलबार ०१:३६ मा प्रकाशित

काठमाडौ । प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर  ‘आठ वर्ष’ भन्ने शब्द राख्ने निर्णय गरेको छ ।

८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिनेगरी नियमावली संशोधन गरिएको छ । संशोधित नियमावली लागू भएपछि वरिष्ठ सईमा बढुवा हुने प्रहरी कर्मचारीको हकमा पनि त्यसअघिको सई पदको अवधि गणना गरेर इन्स्पेक्टरमा बढुवा गर्नेगरी नियमावली संशोधन गरिएको छ ।