काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार ५ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो। त्यस्तै एकैदिन पाँच जना संक्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ३९२ जना संक्रमित कोरोनामुक्त भएका छन्।