सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा निर्माणाधीन एक जलविद्युत् आयोजनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लिखुपिके गाउँपालिका–५ पात्तालस्थित एमडी दुगड हाइड्रोपावरको मिक्स्चर लोड गरेरे जाँदै गरेको गाडी अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त जलविद्युत् आयोजनाको बेचिन प्लान्टबाट अडिट ३ तर्फ जाँदै गर्दा बिहीबार राति दुई बजेको समयमा उक्त गाडी सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गोरखा सौरापानी–५ का ३० वर्षीय सवारी चालक अर्जुन थेवाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाउनासाथ किन्जा प्रहरी चौकीबाट राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो ।