यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ०१:४४ मा प्रकाशित

काठमाडौँ । देशभरको मौसम सामान्यतया सामान्य रहेको छ।


दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने आँकलन छ ।

 

भोलि आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।


पर्सि सोमबार पनि पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।