झापाको जंगलमा करणी गरेको अभियोगमा एक जना पक्राउ

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०७:३८ मा प्रकाशित

झापा । २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक युवक पक्राउ परेका छन् । शिवसताक्षी नगरपलिका १० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई पक्राउ परेका हुन् ।  

निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका ९ संगम चोकस्थित जङ्गलमा लगी जबरजस्ती करणी गरेको उजुरी गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।