धरान । गत साता धरान(इटहरी सडक खण्ड अन्तर्गतको सेउती खोला दक्षिण क्षेत्रको जङ्गलमा यात्रुवाहक बस र स्कुटर जुध्दा घाइते भएका धरान १३ का नहकुल आचार्यको मृत्यु भएको छ ।
एक साता अघि धरानबाट इटहरी तर्फ जाँदै गरेको ना ५ ख ६५४६ नम्बरको यात्रुवाहक बस र इटहरीबाट धरान तर्फ आउँदै गरेको को ३६ प १०२७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा बस सडक किनारामा पल्टिन पुगेको थियो ।
सो दुर्घटनामा परि गम्भीर घाइते भएका ५७ वर्षीय नहकुल आचार्यको विराट नर्सिङ होममा उपचारका क्रममा गए राती मृत्यु भएको धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् । मृतक आचार्य धरान १३ अनाम टोलका हुन् ।