एमाले धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुली

न्युजलय २५ पुस २०७८, आइतबार ०५:३१ मा प्रकाशित

धनकुटा । नेकपा एमाले धनकुटाको नयाँ नेतृत्वमा इन्द्रमणि पराजुली निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि दुई दिनदेखि जारी अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

सातौं जिल्ला अधिवेशनबाट सम्पूर्ण पदाधिकारीसहितको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको एमाले धनकुटाले जनाएको छ । यसैगरी, उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई र उप–सचिवमा शीव आङ्ला र सुष्मा राई रहेका छन् ।

अधिवेशनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय एमाले धनकुटाको नयाँ नेतृत्व चयन भएको आयोजकले जनाएको छ ।