नेप्से ४.८७ अंकले घट्यो

न्युजलय २० मङ्सिर २०७९, मङ्गलबार ०९:०६ मा प्रकाशित

काठमाडौँ । सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम ४२ प्रतिशत घटेको छ । 

सोमबार १ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार भने ९६ करोडमा सीमित रह्यो । परिसूचक नेप्से मंगलबार ४.८७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९३३ अंकमा कायम भएको छ । 

६१ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १३ को स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक २३, फाइनान्स १, होटल तथा पर्यटन ३, जलविद्युत् ८, उत्पादन ३५, निर्जीवन बीमा २७, ब्यापार उपसमूह ६ अंक घटे ।