दमकका समाजसेवी न्यौपाने मृत फेला

न्युजलय ५ चैत २०८२, बिहिबार ०८:०५ मा प्रकाशित

झापा । दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । पचास वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका–१ स्थित कुन्जीबारीमा शव भेटिएको हो । 

कुन्जीबारीमा हिजोखेती हेर्न गएका उनी मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ ।

न्यौपानेका श्रीमती र दुई छोराका साथ दमक–६ स्थित देवकोटा चौकमा बस्दै आएका थिए ।