काठमाडौं । सेयर बजार २९०० बिन्दुमा उक्लिएको छ । सोमबार नेप्से ३१.७८ अंकले बढेर २९०२.७४ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्से स्थिर बसेको थियो । सोमबार नेप्सेमा कुल १६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल २१ अर्ब माथिको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको मात्रै घटेको छ ।