काठमाडौँ । बुधबार(आज) सेयर बजारको परिसूचक नेप्से २०५० अंकमा पुगेको छ ।
४.८९ अंक बढेर नेप्से सो अंकमा पुगेको हो । बुधबार कुल १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब २९ करोडको कारोबार भएको थियो ।
बैंकिङ ०.६, होटल तथा पर्यटन ९, जलविद्युत् १२, जीवन बीमा २८ र ब्यापार उपसमूह १२ अंक घटे । अन्य १७, निर्जीवन बीमा ५६, माइक्रोफाइनान्स ८, उत्पादन ६३, फाइनान्स ३१ र विकास बैंक उपसमूह ५ अंक बढे ।
कुल ८६ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो भने ६ को स्थिर रह्यो ।