इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ ।
८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा ४, इलाम, सोलुखुम्बु र भोजपुरमा २-२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३८ जनामा सङ्क्रमण भएको हो ।
प्रदेश १ मा आज १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र १० पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १८१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।