इलाममा रुखबाट लडेर एक जनाको मृत्यु

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०९:२३ मा प्रकाशित

इलाम । इलामको रोङ गाउँपालिका–२ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा रोङ–२ बरफल्याङ का २७ बर्षीय सुवास नेपाल रहेका छन । शुक्रबार बिहान घर नजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाईते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

 घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।