काठमाण्डौ । नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार ९९५ जनाको पिसिआर परीक्षण र २७५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्।
४३६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।