काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ४ सय ५० पीसीआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै, १७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ४७ जना निको भएका छन् ।