प्रदेश १ मा आज थप २७४ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

न्युजलय २६ माघ २०७८, बुधबार १२:५८ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२, सङ्खुवासभा र भोजपुरमा ४-४, धनकुटामा ३, पाँचथर, इलाम र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो । 

 

प्रदेश १ मा आज  ३८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८९ महिला र १९२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र एक पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ३७३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।